इन्फो नेपाल — सञ्चारको सञ्जाल

नारायणी नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल

चितवन - अभिनेता राजेश हमाल केही दिनदेखि चर्चामा छन् । काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेको भन्दै सामाजिक सञ्जालमा उनी चर्चामा आएका हुन् । पछि उनले त्यस विषयमा प्रस्टीकरण नै दिनुपर्ने अवस्था आयो । अहिले तिनै अभिनेता नारायणी नदी सरसफाइ अभियानमा लागेका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घन्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिएका थिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए । उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्नसमेत आग्रह गरे । झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन गरेका थिए । अवलोकन गर्ने क्रममा गैंडा भेटिएको थियो । नवलपरासी राजेश हमालको बाल्यकाल बितेका जिल्ला हो । उनको नवलपरासीमा प्रशस्त जग्गा जमिन छ । त्यही भएर उनी बेलाबेला नवलपरासी गइरहन्छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क