इन्फो नेपाल — सञ्चारको सञ्जाल

निंन्द्रा लागेन, उसाे भए डार्क चकलेट खानुहाेस्

काठमाडौं |  स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।

राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ।

यस्तो अवस्थामा तपाईलाई पनि राति निन्द्रा लाग्दैन भने हामी तपाईका लागि केही खानेकुरा ल्याएका छौं, जुन तपाईले सुत्नुअघि खान सक्नुहुन्छ । यी फलफूल खाँदा निन्द्रा राम्रो हुन्छ भन्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

अश्वगन्धा - सुत्नुअघि अश्वगन्धा सेवन गर्न सक्नुहुन्छ । यसले दिनभरको तनाव कम गर्छ र निद्रामा पनि सुधार गर्छ। यो पिउनाले शक्ति बढाउनुलगायत अन्य धेरै फाइदाहरू रहेका छन्। यसको सेवनले तनाव कम गर्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ।

बदाम - राति बदाम खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यो खाँदा मस्तिष्क पनि तेजिलो हुन्छ । वास्तवमा यसमा म्याग्नेसियम हुन्छ, जसले शरीरलाई निकै आराम दिन्छ, जसले राम्रो निन्द्रा पुर्‍याउँछ। यो खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ ।

डार्क चकलेट - राती डार्क चकलेट पनि खान सकिन्छ । तर, यसलाई सिमित मात्रामा खानुपर्छ । यसमा म्याग्नेसियम हुन्छ, जसले निद्रा लाग्न मद्दत गर्छ। यसले तनावलाई पनि कम गर्छ, जसले मूडलाई सुधार्छ।

केरा - यदी सुत्नु अघि पाकेको पहिलो केरा खानु भयो भने पनि निन्द्रामा मस्त हुन सकिन्छ । तर, सुत्नु अघि २०–३० मिनेट अघि केरा खानु पर्छ । जसले सेरोटोनिन र मेलाटोनिन जस्ता स्लिपिङ हार्मोन विकास गर्न मधत गर्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क