इन्फो नेपाल — सञ्चारको सञ्जाल

'निकाल्न आउनुभन्दा कोही आएनन्, सबै भिडियो बनाएर बसे'

काठमाडौं । आज माघे संक्रान्ति, बिहान जाडो पनि हुने भएको हुँदा धेरैजना घरभित्र थिए । यस्तै, विकास बस्याल घरबाहिर घाम तापेर बसिराखेका थिए । उनले अचानक ठूलो आवाजसहित जहाज आँखै अगाडी सेती खोचको डिलमा बजारिएको देखे । ७२ जना बोकेको जहाज खस्नेबित्तिकै उनी गेट खोलेर दौडिए । उनी भन्छन्, ‘चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।’ आफू पुग्दासम्म अरु कोही पनि नपुगेको उनले जानकारी गराए । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखेको उनी बताउँछन् । बस्याल उनैतिर दौडिए । त्यहाँ पुगेर उनले केटीलाई तानें । उनका अनुसार सास चलिरहेको थियो । तर त्यहाँ यो सबै हुँदै गर्दा मानवतलाई गिज्याउने घटना पनि देखियो । विकासले त्यो केटीलाई पानी नदिनू भनिरहेका थिए तर अर्को एकजना आएर पानी खन्याए । ती व्यक्तिले पानी मात्रै नभएर माटो पनि हालेको उनलाई स्मरण छ । घटनास्थलमा १४–१५ जना थिए, तर धेरैजना भिडियो बनाउनमा व्यस्त देखिए । भएकामध्य धेरैजनाको ध्यान घाइतेको उद्धारतर्फ नभएको विकास बताउँछन् । उनले भने, ‘प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।’ आफूले केहीलाई डिलबाट ज्युँदै निकालेको भन्दै उनले भनेका छन्, ‘बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।’ पोखरा नजिक आइतबार बिहान ठूलो विमान दुर्घटना भएको हो । काठमाडौंबाट २०५ किलोमिटर टाढा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनाग्रस्त विमान एटीआर–७२ थियो, जसमा ६८ यात्रु र चार चालक दलका सदस्य थिए । अवतरण हुनुभन्दा १० सेकेण्ड अघि विमान पहाडमा खस्यो, जसकारण विमानमा आगो लाग्यो । विमानको भग्नावशेषबाट ६८ जनाको शव निकालिएको छ । तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको बताइएके छ । अहिलेसम्म पाँच जनाको मात्रै शव पहिचान भएको छ । बाँकी शवको पहिचान गर्न गाह्रो छ । विमानमा सवार अन्य चार जना भने फेला परेका छैनन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क