इन्फो नेपाल — सञ्चारको सञ्जाल

निगमले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२÷१२ रुपैयाँ बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । निगमले असार ९ गतेसम्म तेल खरिद बापत बक्यौता रकम समेत गरी ३८ अर्ब इण्डियन आयाल कर्पोरेशनलाई भुक्तानी दिनु पर्नेमा पेट्रोलियम पदार्थको बिक्रीबाट करिब १२ अर्ब मात्र भुक्तानी दिन सकेको छ । उक्त अवधिसम्म तिनुपर्ने रकममा पुनः केही थप भई करिब २६ अर्ब बक्यौता कायम रहन जाने देखिएको निगमले जनाएको छ । बक्यौता रकममा ब्याज लाग्ने भएको र लागत थप बढ्न जाने देखिएकोले आपूर्ति परिमाण कटौती गर्दै प्रत्येक हप्तामा मूल्य समायोजन गर्दै जानुपर्ने निगमको बाध्यता रहेको सह प्रवक्ता कार्कीले जानकारी दिए । बैशाख मसान्तसम्ममा निगमलाई करिब ४७ अर्ब नोक्सानी भइसकेको र असार मसान्तसम्म झण्डै ६० अर्ब नोक्सानी हुने देखिएको निगमको भनाई छ । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क