इन्फो नेपाल — सञ्चारको सञ्जाल

निजी विद्यालयको शुल्कमा अङ्कुश लगाउँदै इटहरी उपमहानगर

इटहरी: आगामी नयाँ शैक्षिक सत्रबाट इटहरी उपमहानगरले निजी विद्यालयले दिँदै आएको शुल्कमा कडाइ गर्ने भएको छ । निजी विद्यालयहरूले चर्को शुल्क लिने गरेको गुनासो आइरहेको सन्दर्भमा उपमहानगरले शुल्कमा अङ्कुश लगाउने तयारी थालेको हो । आगामी शैक्षिक सत्र २०८१ मा निजी विद्यालयहरूले विद्यार्थीसँग लिने शुल्कको प्रस्ताव माघ २९ गते भित्रमा पेस गर्न उपमहानगरले परिपत्र जारी गरेको छ । तोकिएको समयमा प्रस्ताव पेस नगर्ने विद्यालयलाई नियम बमोजिम कारबाही गरिने समेत उपमहानगरले चेतावनी दिएको छ। इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै लिने मासिक शुल्क सहित अन्य सबै प्रकारका शुल्कको बारेमा उपमहानगरपालिकालाई जानकारी गराउने गरी प्रस्ताव ल्याउन भनिएको छ। निजी विद्यालयले लिने तोकिएको शुल्क शीर्षकमा लिइने शुल्कहरू सम्बन्धित विद्यालयको दुई तिहाइ अभिभावकहरूको भेलाबाट पारित गरी पठाउनु पर्ने व्यवस्था छ । अभिभावक भेलाबाट पारित शुल्कमा विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि पनि पेस गर्न उपमहानगरले जारी गरेको परिपत्रमा भनिएको छ। विगतमा पनि दुई तिहाइ अभिभावकको भेलाबाट शुल्क तय गर्नुपर्ने निर्देशिका थियो । तर आफू अनुकूल नभएको भन्दै प्याब्सन र एन प्याब्सन अन्तर्गतका विद्यालयले आफूखुसी शुल्क उठाउने गरेकाले यस पटक भने दुई तिहाइ अभिभावकबाट पारित गर्नुपर्ने मुख्य आधार बनाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२को दफा ६मा भएको व्यवस्थाको परिधिभित्र रही तथा दफा ७ मा भएको शुल्क गणना कार्यविधि अनुसार प्रक्रिया पुरा गरी प्रस्ताव पेस गर्न भनिएको छ। निजी विद्यालयहरूले विद्यार्थीबाट मासिक पढाई शुल्क, वार्षिक शुल्क, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, स्थानान्तरण, विशेष प्रशिक्षण, आवास, भोजन लगायतका १४ किसिमका शुल्कमा प्रस्ताव पेस गर्न परिपत्रमा भनिएको छ । तोकिएको शीर्षकमा लिइने शुल्क सम्बन्धी दुई तिहाइ अभिभावकहरूको भेलाबाट पारित गरी पठाउनु पर्ने छ । यस्तै विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि, विद्यालयको सुरक्षण बापत मुद्दती खातामा राखेको रकमको प्रमाणको प्रतिलिपि समेत पेस गर्न उपमहानगरको शिक्षा शाखाले जारी गरिएको परिपत्रमा उल्लेख छ । निजी विद्यालयले वार्षिक शुल्क, ट्युसन शुल्क, खाना तथा टिफिन, बस शुल्क, परीक्षा शुल्क लगायतका शीर्षकमा मनोमानी शुल्क असुल्न थालेपछि उपमहानगर त्यसलाई कडाइ गर्ने मनस्थितिमा पुगेको हो । चालु शैक्षिक सत्रको सुरुवातमा पनि इटहरी उपमहानगरले सबै निजी विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने प्रावधानमा कडाइ गरेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क