इन्फो नेपाल — सञ्चारको सञ्जाल

निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि मेयर हर्क साम्पाङ स्थलगत अनुगमनमा

धरान । निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो । प्रमुख राइले धरान १५ को केके इन्टरनेशनल विद्यालय, धरान ९ को विष्णु मेमोरियल स्कूल र धरान १ को युरेका स्कुलको अनुगमन गरेको उपमहानगरका शिक्षा महाशाखा प्रमुख रमेशकुमार साहले जानकारी दिनुभयो । अनुगमनमा नगर प्रमुख राई, कार्यपालिका सदस्य विकास भाटी, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख साह र अभिभावक सङ्घका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । नगर प्रमुख राईका अनुसार निजी विद्यालयहरुले अत्यधिक मात्रामा शुल्क लिएको धेरै गुनासो आएपछि शुल्क लिएअनुसार सुविधा भए नभएको स्थलगत अनुगमन गर्न निस्किएको बताउनुभयो । अत्यधिक शुल्क लिइएको भए समायोजन गर्ने र सरकारको निर्णय विद्यालयहरूले मान्नुपर्ने भनाइ प्रमुख राइको छ । सरकारी नीति निर्णय अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने नगर प्रमुख राईले बताउनुभयो । विष्णु मेमोरियल स्कुलका संस्थापक बेतिन्द्र कटवालले शुल्क महँगो भएको गुनासोबारे स्कूलको गुणस्तर, दिने तलबलगायतका कारणले गर्दा महंगो भएको बताउनुभयो । विद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरहको सेवा सुविधा भएको, पढाइ पनि अब्बल भएको, सरकारले तलब वृद्धि गर्दा आफ्नो विद्यालयमा पनि बढाउने गरेको, शुल्क १० प्रतिशत मात्र बढाएको विष्णु मेमोरियल स्कुलका संस्थापक कटवालले बताउनुभयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क