इन्फो नेपाल — सञ्चारको सञ्जाल

निरन्तर वर्षा: बागलुङमा पहिरोले लोकमार्ग अवरुद्ध

बागलुङ : अविरल वर्षाका कारण पहिरो झरेपछि मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण गयराती साढे १० बजेको समयमा जिल्लाको गलकोट नगरपालिका-७ मल्म आँगाखेतमा लोकमार्ग माथिबाट पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बागलुङ-बुर्तिबाङ यातायात अवरुद्ध भएको छ। बुर्तिबाङबाट बागलुङ बजारका लागि छटुेका र बागलुङबाट खर्बाङ बुर्तिबाङ लगायतका क्षेत्रतर्फ छुटेको सवारी साधनहरु बीचमै अपलत्र परेका छन्। स्थानीय तह र स्थानीय नागरिकहरुसँग सहकार्य गरेर पहिरो हटाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए। अविरल वर्षासँगै झरेको पहिरोका कारण गलकोट नगरपालिका-११ रिघामा पुरिएको छ। झण्डै ६० मिटर माथिबाट झरेको पहिरोबाट कृष्णबहादुर कामीको घर पुरिदा मानवीय क्षति नभए पनि अन्नपात र लत्ताकपडा सबै क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क