इन्फो नेपाल — सञ्चारको सञ्जाल

निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् । “उहाँले म निर्दोष छु भनेर लगातार भनिरहनुभएको छ,” गौशाला प्रहरी कार्यालयमा पुगेका कानुन व्यवसायी घिमिरले पत्रकारहरुसँग भने, “अनुसन्धानमा सहयोग गर्छु, कानुनी लडाइँ लड्छु भन्नुभएको छ ।” घिमिरेका अनुसार प्रहरी र आफूलाई सन्दीपले इमेल लेखेर आत्मसमर्पणका लागि तयार भएको बताएका थिए । “सन्दीपजीले गौशाला प्रहरी वृत्तमा आत्मसमर्पण गरिहाल्नुभयो,” उनले भने, “म उहाँको कानुन व्यवसायी भएकाले मेरो उपस्थितिमा आत्मसमर्पण हुनुपर्‍यो भन्नुभएको थियो । म यहाँ आउँदा प्रहरी टोली आएको रहेछ । विमानस्थलमा सम्भव छैन भनेपछि म यहीँ बसेँ । उहाँलाई यहीँ ल्याइयो । मैले भेट्न खोज्दा एउटा निवेदन दिनुपर्छ भनियो । निवेदन बुझाउन लाग्दा अहिले मेडिकलको लागि लैजानुभएको छ ।”

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क