इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनाव नजिकिँदै: अब ११ दिन मात्र बाँकी

काठमाडौं | निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिले चुनावी वातावरण प्रभावित पार्ने खतरा बढेको भन्दै निर्वाचन आयोगले मतदाता शिक्षा अभियानसँगै डिजिटल निगरानीलाई तीव्र बनाएको छ।

आयोगका अनुसार बदर मत घटाउने र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिन देशभर घरदैलो अभियान सञ्चालन भइरहेको छ। फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदातालाई नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका सिकाइँदै छ। आयोगले यस अभियानलाई ‘मतदाता शिक्षाको घरदैलो’ नाम दिएर व्यवहारिक सिकाइमा जोड दिएको जनाएको छ।

साथै, निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने भ्रामक सूचना, नक्कली सर्वेक्षण र घृणास्पद सामग्रीको निगरानी गर्न आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चुनावलाई प्रभावित पार्ने प्रयास बढेको निष्कर्ष निकाल्दै आयोगले २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएको छ।

यस्तै, ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ वटा प्रेस काउन्सिल नेपालमा र एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन अन्तर्गत सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ। आयोगका अधिकारीहरूका अनुसार कानुनी कारबाहीसँगै मतदातालाई सही सूचना पहिचान गर्न सक्ने क्षमता विकास गराउन शिक्षा अभियानलाई प्राथमिकतामा राखिएको हो।

निर्वाचन स्वच्छ, भयरहित र सूचनामैत्री बनाउन स्थानीय तहका अनुगमनकर्तामार्फत अभियानको नियमित अनुगमन भइरहेको आयोगले जनाएको छ। ‘मतदातालाई जानकारी दिने र गलत सूचनालाई नियन्त्रण गर्ने दुवै काम एकसाथ नगरी निष्पक्ष निर्वाचन सम्भव हुँदैन,’ आयोगका एक अधिकारीले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क