इन्फो नेपाल — सञ्चारको सञ्जाल

निवासमै रोकिए चोलेन्द्र

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरा निवासमै रोकिएका छन् । आइतबार सर्वोच्च अदालत फर्कने तयारीमा रहेका उनले आफू निवासमै रोकिनुपरेको बताएका हुन् । महाअभियोग टुंगा नलाग्दै नियमित कार्यमा सर्वोच्च फर्कने समाचार सार्वजनिक भएपछि राणालाई छिर्न नदिन सर्वोच्च अदालत परिसरमा सरकारले सुरक्षा सर्तकता बढाएको छ । राणाले आफू सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला सरकारले निवासमै रोकिदिएको बताएपछि उनले नआउने बताएका छन् । अहिले उनको निवास र सर्वोच्च अदालत परिसरमा प्रहरी तैनाथ गरिएको छ । राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । योग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । समितिले राणामाथि महाअभियोग लगाउन सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क