इन्फो नेपाल — सञ्चारको सञ्जाल

निशाने खोलाको दोभानेबाट धरानको स्वस्तिका चोकमा पानी आयो

सुनसरी / धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत सञ्चालन भएको श्रमदानबाट धरानको स्वस्तिका चौकमा निशाने खोलाको दोभानबाट १० इन्चे पाइपमा पानी आइपुगेको छ । श्रमदानबाट निशाने दोभान देखि १० इन्चे पाइपबाट स्वस्तिका चौकमा आइतबार पानी झरीइएको हो । मेयर हर्क साम्पाङले २५ दिनमा निशाने दोभानबाट स्वस्तिका चौकमा रहेको खानेपानीको ट्याङ्कीमा पानी ल्याईपुर्याउने गरी काम गर्ने भनेकोमा २१ दिनमै स्वस्तिका चौकमा पानी ल्याइएकोमा श्रमदान र सहयोगी दाताहरूको साथ र सहयोगबाट सफल भएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बुले बताए । घाम पानी नभनी अहोरात्र श्रमदान गर्नेहरू खटेकोले २१ दिनमै स्वस्तिका चौकमा पानी झराउन सफल भएकोमा मेयर साम्पाङले यो अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । मेयर साम्पाङले संक्षिप्त सम्बोधन गर्दै मलाई हर्क साम्पाङ भनेर हिरो बनाउनुभयो तर वास्तविक हिरो तपाई जनता हो । मैले त बेल्चा लिएर यसो के हिँडेको थिए तपाईँहरूले मलाई पच्छ्याउनुभयो । आज त्यही तपाईँहरूको साथ र सहयोगको परिणाम हो यहाँ पानी आउनु भनेको उनले बताए । त्यस्तै, उनले सामाजिक सञ्चालन फेसबुक मार्फत लेखेका छन् अथक प्रयास पछि सर्दु खर्दु र निशानेको पानी स्वस्तिका चौक आइपुग्यो ! सबै सबैलाई धेरै धेरै धन्यवाद छ ! अब वितरण गरिनेछ ! जय धरान ! त्यसैगरी आज विदाको दिन स्वास्तिका चौकमा हाम्रो श्रम जारी रहनेछ ! केही फिनिसिङका काम बाँकी छन् ! भनी फेसबुक मार्फत स्टाटस लेखेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क