इन्फो नेपाल — सञ्चारको सञ्जाल

निहारिकालाई भेटेपछि मेयर बलेनले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आमरण अनशनरत निहारिका राजपूतलाई भेटेका छन् । शनिबार महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेर मेयर साहले निहारिकालाई भेटेका हुन् । मेयर साहले निहारिकालाई भेटेको तस्वीर सेयर गर्दै ‘एउटा आमाले आफ्नो बच्चाको डीएनए टेस्ट गर्नका लागि जल्न तयार हुनुपर्ने ?’ भन्दै आक्रोश ब्यक्त गरेका छन् । मेयर साहले भनेका छन्, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’ करिब १० मिनेट कुराकानी गरेका मेयर साहले निहारिकाको संघर्षमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै निहारिकाले मेयर साहसँग आफूलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । त्यसोत, निहारिकाले शुक्रबार (हिजो) मात्रै राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी थिइन् । आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि निहारिकालाई महाराजगञ्ज वृत्तमा लगिएको थियो । जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उनले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपीलाई पक्राउ गर्न माग राख्दै आमरण अनसनमा बसेकी हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क