इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेकपा एमालेको महाधिवेशन पर्यटन प्रचारको अवसर

काठमाडौं : नेकपा एमालेले चितवनमा गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशनले राजनीति क्षेत्र मात्रै नभएर आर्थिक क्षेत्र पनि तरंगित भएको छ । महाधिवेशनका लागि एमालेले तयार गरेको प्रचारको सामग्रीमा एकसिंगे गैँडा कम्युनिस्ट पार्टीको झन्डा बोकेर उभिएको चित्र रहेको छ । यसले गैरराजनीतिक व्यक्तिको पनि ध्यान तानेको छ । सरकारी सेवाबाट अवकाश पाएका संरक्षणकर्मी रामप्रित यादव चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकूत भएका थिय ।यसअघि राजनीतिक दलले आफ्नो महत्त्वपूर्ण कार्यक्रमको प्रचार सामग्रीमा गैँडाको प्रयोग गरेको हेक्का उनलाई छैन । गैँडा वा राईनो भनेर अनेकले फोटो,नाम र चित्र प्रयोग गरेको देखिन्छ, त्यसरी प्रयोग गर्दा गैँडाको महत्त्व बढ्छ कि बढ्दैन र संरक्षणमा राम्रो प्रभाव पर्छ कि पर्दैन , त्यो महत्त्वपूर्ण हो उहाँले भनेका छन् । देशको ठुलो पार्टीले सकारात्मक सोच राखेर प्रचारको सामग्रीमा गैँडा राखेको हो भने त्यो राम्रै हुने उहाले बताएका छन् । लोप हुने अवस्थामा पुगेको गैँडा चितवनको पहिचान हो । गैँडासगै चितवनको पनि प्रचार भएको छ । यसैबाट गैँडाकै महत्त्व कतिले बुझालान् या नबुझाउन् , तर पोस्टरमा देखेपछि त चासो राख्लान् पनि । कम्तिमा पनि गैँडा पाइने मुख्य जिल्ला चितवन हो भनेर देशका धेरैलाई चिनाउने भएको छ । गैँडा धेरै पाईने भएका कारण चितवनमा पर्यटन फस्टाएको छ । बर्सेनि देश- विदेशका लाखौं पर्यटन चितवन निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा हेर्न आँउछन् भन्ने उहाँको कुरा रहेको छ । पूरा समाचार कान्तिपुरमा छापिएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क