इन्फो नेपाल — सञ्चारको सञ्जाल

झाेला बिसाऊँ अब

  • देवीप्रसाद मिश्र (छन्द = शार्दूलविक्रीडीत)
पाना राष्ट्र सुधारका जति थिए ती सेफमा थन्किए नेता आर्थिकमा समुन्नत बने याे राष्ट्रमा के दिए? पार्टीका गुणगानमा दिन बिते नेपाल खाेक्राे भयो आशा पूर्ण भएन खै अझ कुनै झाेला पुरानो भयाे!!१!! बाड्याैँ गाउँ समाजका जनहरू आफ्ना पराया भनी लायाैँ दाग नमेटिने मिलनमा झाेला भयो बैगुनी धारा कूप इनार भिन्न बनिए बाटा कुला छुट्टिए नेता मात्र बने समुन्नत !अहाे याे राष्ट्रमा के दिए?!!२!! नारा छन् अझ तीस वर्षअघिकै नेता तिनै छन् सब ताली मात्र बजाउँदै दिन बिते बाेकेर झाेला अझ जस्तै याे सब राजनीति भवमा हेर्दा छताछुल्ल छ! नेताका!अलवा छ दाेष यसमा झन् कार्यकर्ता सँग!!३!! आफ्नाकाे गुणगान मात्र गरियो मिथ्या कुराकाे पनि बाेल्ने सत्य उता छ अल्पमतमा उठ्नै दिएनाैँ अनि उब्जेका अघि आपसी कलहका भारी समस्या यिनी त्यस्तै छन् अझसम्म याे मुलुकमा झाेला भयाे बैगुनी!!४!! साँच्चै राष्ट्र सुधार गर्नु छ भने झाेला बिसाऊँ अब सारा यी जनता मिलाप पथमा आफैँ गरून् निर्णय हाम्रा वृद्ध अगाडिका सुजनकाे गर्दै सदा आदर छानून् सभ्य नवीन स्वच्छ दिलका नेतृत्व लाग्ने भर!!५!!

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता