काठमाडाैं । सावित्रा भण्डारी र अनिता बस्नेतको दुई/दुई गोल मद्दतले नेपालले ‘वुमेन्स साफ च्याम्पियनसीप २०२२’ मा मंगलबार विजयी सुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गरेको हो ।
सावित्राले खेलको १२औं मिनेटमा पहिलो गरेयता ६८औं मिनेटमा दोस्रो गोल थपिन् । यससँगै नेपालको लागि सावित्राको व्यक्तिगत गोल संख्या ४० पुगेको छ ।
यस्तै, अनिताले खेलको ७३औं मिनेटमा तेस्रो गोल गरिन् भने चौथौ गोल ८४औं मिनेटमा गरिन् । अनिताले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै आफ्नो पहिलो गरिन् । खेल सुरुमा वर्षाका कारण प्रभावित रह्यो । दुबै टिमले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनन् ।
नेपाल लागि अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यु गरे । यो जितसँगै नेपाल समूह बी बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…