इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालकै सबैभन्दा लामो तेह्रथुमको हृयातुङ झरना

सुनसरी / तेह्रथुमको हृयातुङ झरना नेपालकै सबैभन्दा लामो र विश्वकै अग्ला ३० झरनाहरूमा मध्ये एक झरना हो । तेह्रथुम जिल्लाको सबै भन्दा ठूलो नदी तमोर हो। तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा अवस्थित ३६५ मिटर अग्लो ह्यातुङ झरना दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना हो । जिल्लाको पूर्वी सिमानको रूपमा तमोर नदी बगेको छ। यसले पाँचथर जिल्लाबाट यस जिल्लालाई छुट्टयाएको छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा आउने व्यक्ति जो कोही पनि यहाँ आएपछि रमाउने गर्दछन् ।झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापा सुनसरीको इटहरी लगायत ठाउँबाट दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् । २०७४ साउन पचाल झरना गाउँपालिकाको पहलमा लिइएको नापवाट उक्त कुराको पुष्टी भएको हो । हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । यस जिल्लामा बग्ने अन्य नदीनाला तथा खोलाहरूमा खोरङ्गा खोला, पिगुवा खोला, लम्बु(लिम्बु)खोला, कोया खोला, तेलिया खोला, फाकचुवा खोला र हिउँदिया खोला प्रमुख छन। त्यसैगरी मुख्य पोखरीहरूमा मार्गा पोखरी, चिचिलिङ पोखरी, छातेढुङ्गा, इवा, सक्रान्ति पर्दछन। सदरमुकामबाट म्याङलुङ-सक्रान्ति सडक भएर झरनाको शिरसम्म पुग्न सकिन्छ । त्यसपछि करिव १ घण्टा पैदल हिँड्नुपर्छ । स्थानीय सरकारले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हो भने व्यापार व्यवसाय फस्टाउने स्थानीय व्यापारी बताउछन् । त्यस्तै, नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुरास पाइन्छन् । कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क