इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो । त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो । महिला : १ करोड ४९ लाख १ हजार १६९ पुरुष : १ करोड ४२ लाख ९१ हजार ३११ प्रदेश            जनसंख्या विवरण       वृद्धिदर १ नम्बर प्रदेश       ४९७२०२१              ०.९२ मधेस प्रदेश           ६१२६२८८             १.२५ बागमती प्रदेश        ६०८४०४२             ०.९६ गण्डकी प्रदेश         २४७९७४५             ०.३१ लुम्बिनी प्रदेश         ५१२४२२५             १.३० कर्णाली प्रदेश         १६९४८८९             ०.७६ सुदुरपश्चिम प्रदेश     २४११२७०             ०.६० कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनसंख्या वृद्धिदर ०.९७ रहेको छ । तथ्याङ्क अनुसार विदेशमा रहनेको संख्या करिब २२ लाख रहेको छ, भने लिम्पीयाधुरा लिपुलेकको जनसंख्या करिब ६०० रहेको देखाइएको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क