इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालको माल्दिभ्समाथि शानदार जित: साफ महिला च्याम्पियनसिपमा ११-० को गोल वर्षा

काठमाडौं | नेपालले सोमबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको खेलमा माल्दिभ्सलाई ११-० गोलले हराउँदै शानदार जित हासिल गरेको छ। खेलमा नेपालले माल्दिभ्सको रक्षालाई पुर्ण रूपमा छिन्नभिन्न बनाएको थियो। नेपालको जितमा रेखा पौडेलले ५ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। प्रिती राईले ३ गोल गर्दै टिमलाई थप बलियो बनाइन्। त्यस्तै, अनिता केसी, सबिता राना मगर, र अमिशा कार्कीले पनि एक-एक गोल गर्दै जित सुनिश्चित गरेका थिए। यो जितसँगै समुह बी मा रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। भुटानको पनि ४ अंक रहे तापनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने श्रीलंकाले ३ अंक जोडेको छ। माल्दिभ्स भने १ अंकसहित अन्तिम स्थानमा पुगेको छ। नेपालको यस शानदार जितले समूह चरणको स्थिति थप रोचक बनेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क