इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालको राष्ट्रिय पोशाकमा सोफिया, मिस युनिभर्समा देवी अवतार

काठमाडौं । नेपालले यसपटकको मिस युनिभर्स प्रतियोगितामा देवीको अवतारसहितको ‘राष्ट्रिय पोशाक’ प्रस्तुत गर्ने भएको छ । मिस युनिभर्स नेपाल सोफिया भुजेल त्रिशूल धारण गर्ने देवीको रुपमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रेरणा शाहको कन्सेप्टमा वुमन्स प्लानेट बुटिकले यो कस्ट्युम डिजाइन गरेको हो । यो पहिरनले सृष्टिको मुहानको रुपमा नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिन खोजेको मिस युनिभर्सद्वारा जारी वक्तव्यमा उल्लेख छ । ‘रातो रङले रगत र सृष्टिको शक्तिलाई जनाउँछ । त्रिशूलले सृष्टि, जीवन र मृत्युको त्रिमूर्तिलाई प्रतिनिधित्व गर्छ । अन्य प्रप्सले भौतिक शरीरले कसरी ब्रह्माण्डमा जादू सिर्जना गर्छन् भन्ने सन्देश दिन चाहेको छ,’ वक्तव्यमा भनिएको छ । ‘यो पहिरनले हामीलाई हाम्रो आफ्नै शक्तिको स्मरण गराउँछ । यसले हरेक महिला असीम ऊर्जाका स्रोत हुन् भन्ने तथ्यलाई दोहोर्‍याउँछ । यो उत्कृष्ट कृति जीवनको उत्सव हो,’ मिस युनिभर्सले उल्लेख गरेको छ । नेपाल प्राचीन इतिहास र परम्पराले धनी देश भएको उल्लेख गर्दै युनिभर्सले शताब्दीयौंदेखि नेपालमा नारी शक्तिलाई पुजिने परम्परा रहेको जनाइएको छ ।मिस युनिभर्सको ७१ औं संस्करण जनवरी १४ मा अमेरिकाको न्यू अर्लियन्समा हुँदैछ । प्रतिनिधित्व गर्दै सोफिया यसै साता अमेरिकातर्फ प्रस्थान गरेकी छन् । एसियाली मुलुक थाइल्याण्डले मिस युनिभर्सको स्वामित्व लिएपछिको यो पहिलो मिस संस्करण हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क