इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालको सार्वजनिक ऋण २४ खर्ब नाघ्यो, जिडिपीको ४२.६५ प्रतिशत

काठमाडौं | सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रुपैयाँ पुगेको छ। यो रकम देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४२.६५ प्रतिशत हो।

गत आर्थिक वर्ष २०८०-८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप ऋण लिइएको छ। कुल ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख (जिडिपीको २०.७० प्रतिशत) र बाह्य ऋण १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख (जिडिपीको २१.९५ प्रतिशत) रहेको छ।

सरकारले गत आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा तीन खर्ब ५८ अर्ब दुई करोड ९५ लाख रुपैयाँ मात्र प्राप्त गर्न सकेको छ। यो वार्षिक लक्ष्यको ७९.०८ प्रतिशत हो।

ऋण सेवा खर्चतर्फ, गत आर्थिक वर्षमा तीन खर्ब पाँच अर्ब ३७ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ, जुन जिडिपीको ५.३५ प्रतिशत बराबर हो। यसमध्ये दुई खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ साँवा र ८२ अर्ब तीन करोड १७ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ।

यी आँकडाहरूले नेपालको बढ्दो सार्वजनिक ऋणको चित्रण गर्दछन्, जसले देशको आर्थिक स्थिरता र विकासमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क