इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालगन्जको विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

काठमाडौं : हिजो सांझ काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगन्ज विमानस्थलमा अवरतण गर्ने क्रममा स्यालसँग ठोक्किएको छ । हिजो बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसँग बुद्ध एयरको जहाज ठोक्किएरको नागरिक उड्डयन कार्यलय नेपालगन्जले जनाएको छ । बुद्ध एयरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसँग ठोक्किएको र सो विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको नागरिक उड्डयन कार्यलय नेपालगन्जले जनाएको छ ।विमान अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीरका भाग र अङ्ग टुक्रा भएको अवस्थामा फेला परेको छ । सो घटना भएपछि एक घण्टासम्म कुनै पनि उडान विमानस्थल बाट उडान नभएको हो । स्याल ठोक्किदा जहाजको नोजल गेयरमा समस्या आएको कारण दुई साता अघि मात्र नेपालगन्जबाट मसगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन बँदेल पनि ठोक्किएका थिय ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क