इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालमा दूध उतपादन घट्याे

काठमाडौँ । कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको छ ।

सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दुध उत्पादन भएको छ । गत आवको सो अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष दुध उत्पादन घट्ने अनुमान गर्न सकिन्छ ।

त्यसो त सरकारले हरेक वर्ष २६ लाख मेट्रिक टन बढी दुध उत्पादन हुने अनुमान गर्दै आएको छ । हाल आठ महिनासम्म उत्पादन भएको अवस्था हेर्दा अनुमानित सङ्ख्यामा पुग्न सक्ने अवस्था भने देखिँदैन । कृषि तथा पशुपन्छी मन्त्रालयले भने दुध बढी उत्पादन हुने सिजन सुरु भएकाले बाँकी चार महिनामा अनुमानित सङ्ख्याको उत्पादन हुने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. चन्द्र ढकालले चालु आवको चार महिना बाँकी रहेको र आठ महिनाको प्रतिवेदनलाई आधार मान्दा अनुमानको नजिक पुग्ने अपेक्षा गरेको जानकारी दिए ।

गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दुध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा. राजेन्द्र यादवले छ महिनाअगाडि ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले पनि यो वर्ष दुध उत्पादन अझै घट्ने देखिएको बताउनुभयो । उहाँका अनुसार दुध उत्पादन घट्नुमा दुध उत्पादन किसानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत रहेका छन् ।

प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दुध उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क