इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालमा पनि मंकिपक्सका संक्रमित भेटिएको आशंका

काठमाडौं : नेपालमा पनि मंकिपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । संक्रमितलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरेर राखिएको छ । अस्पतालमा उपचारका लागि पुगेका ती युवामा मंकिपक्ससँग सम्बन्धित लक्षण भएको भेटिएको हो । ती युवा दुबईबाट हालै नेपाल आएको बताइएको छ । लगातार सात दिनसम्म उनलाई ज्वरो आएको र शरीरमा रातो फोका देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् । त्रिभुवन विमास्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट आएका ती युवालाई मंकिपक्स भएको हुनसक्ने आशंका गरेर टेकु पठाएको थियो ।२७ वर्षका यी युवालाई मंकिपक्स भएको निश्चित भइसकेको छैन । नेपालमा मंकिपक्स भाइरसको परीक्षण हुँदैन । त्यसैले यसबारे के गर्ने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । मंकिपक्स नजिकका व्यक्तिहरुमा सर्ने भएकाले यसले विश्वमा अर्को महामारी निम्त्याउन सक्ने अनुमान गरिँदै आएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क