इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनसुन समयभन्दा चाँडै भित्रिन सक्ने संकेत, खेतीपातीमा प्रभाव पर्न सक्ने सम्भावना

काठमाडौँ |  भारतको केरला राज्यमा यस वर्ष मनसुन सामान्य समयभन्दा झण्डै १० दिनअघि नै प्रवेश गरिसकेको जलवायु विज्ञहरूले जनाएका छन्। बङ्गालको खाडीको अधिकांश भाग, श्रीलङ्काको सम्पूर्ण भूभाग र भारतको केरलामा मनसुन सक्रिय भइसकेको जानकारी जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले दिए ।

डा. उप्रेतीका अनुसार केरला हुँदै नेपाल प्रवेश गर्न मनसुनलाई करिब एक हप्ता लाग्ने भएकाले यदि बिचमा कुनै अवरोध भएन भने यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा झण्डै डेढ हप्ता चाँडै, अर्थात् जेठको अन्त्यतिर भित्रिन सक्ने प्रक्षेपण गरिएको छ। सामान्यतया नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (वि.सं. २०८२ जेठ ३०) मानिन्छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनकालीन वर्षा औसतभन्दा धेरै हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ। विभागले वर्षा मात्र नभई तापक्रम समेत औसतभन्दा बढी हुने जानकारी दिएको छ। यद्यपि, मौसम विज्ञहरूका अनुसार वर्षा र तापक्रमको मात्र आधारमा खेतीपाती राम्रो हुन्छ भन्न सकिने अवस्था छैन।

विशेषगरी असमान रूपले हुने भारी वर्षाले बाढी, पहिरो तथा बालीमा क्षति पुर्‍याउने सम्भावना पनि रहने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। अर्कोतर्फ, समयमै वर्षा भएमा धान लगायतका प्रमुख बालीहरूको रोपाइँमा सहजता हुने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने आशा पनि गरिएको छ।

मनसुन चाँडो सुरु भए पनि त्यसको अवधि, तीव्रता र स्थानअनुसारको वितरण महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। तसर्थ, कृषकहरूले लामो समयावधिको मौसम जानकारीको भर मात्र नगरी स्थानीय पूर्वानुमान तथा सल्लाहअनुसार कृषि कार्य सञ्चालन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क