काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लागि पर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको जारी छलफलमा बोल्दै सांसद थापाले महत्वकांक्षी योजना बनाएर मुलुकलाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त बनाउनुपर्ने बताए ।
‘आजैबाट महत्वकांक्षी योजना बनाएर हामीले पाँच वर्षमा, छ वर्षमा यसलाई निमिट्यान्न बनाउछौँ भनेर लागि पर्यौँ भने बाँच्छौँ हामी,’ उनले भने, ‘नभए हामीले कर घटायौँ भने एकातिर कर घटायो अर्कोतिर बढाउनु परिहाल्यो । कर घटाउँदा एकैछिनलाई त राहत होला । तर कतै न कतैबाट उही आइपुग्छौँ।’
उनले आयोतको हिस्सा हेर्दा १२ प्रतिशतभन्दा बढी रहेकाले यसलाई नियन्त्रण गर्ने अन्य उपाय नरहेको बताए ।
उनले हालका लागि केही मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने उल्लेख गरे ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…