इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने, सीमा विवाद चर्किनसक्ने अनुमान

भारत र नेपालबीच सीमा विवाद चलिरहेको अवस्थामा नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने भएको छ । भारतले दाबी गरिरहेको पिथौरागढ जिल्लामा पर्ने कालापानी क्षेत्रमा नेपालले जनगणना सुरु गर्ने भएको हो । यसले दुवै देशबीचको सीमा विवाद चर्किनसक्ने भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । नेपालले एक वर्ष अगाडि जारी गरेको नयाँ नक्सामा विवादीत क्षेत्र लिपुलेख, कालापानी, लिम्पीयाधुरालाई समावेश गरको थियो । स्रोतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘कालापानी क्षेत्रमा रहेको गुन्जी, नाबी, कुटी गाउँको जनगणना हुने भएको छ । नेपालको केन्द्रिय तथ्यांक ब्यूरोले उक्त क्षेत्रलाई नेपालमा समावेश गरेको कारण त्यहाँ जनगणना हुनेछ । त्यस क्षेत्रमा जनगणना गर्ने थुप्रै तरिका भएपनि उक्त क्षेत्रमा टोलीले निरिक्षण गर्न सम्भावना न्यून छ । सबै सम्भावनामा, यो एक अप्रत्यक्ष जनगणना हुनेछ । जसमा प्रविधि प्रयोग गरी घरपरिवारको संख्या गणना गरिने छ ।’ उक्त क्षेत्रमा सन् २०११ सम्म भारतीय तथ्यांक विभागले जनगणना गरिरहेकोे टाइम्स अफ इन्डियाले लेखेको छ । भारतले सन् १९६१ देखि उक्त भूमि आफ्नो भन्दै दाबी गर्दै आएको छ । त्यसकारण त्यस क्षेत्रमा अहिलेसम्म नेपालले जनगणना नगरेको जनाइएको छ । गत वर्षको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उक्त क्षेत्रबाट ७४ किलोमिटरको सडक विस्तारको उद्घाटन गरको कारण त्यस क्षेत्रमा दुवै देशबीच विवाद चर्किएको थियो । अफ्नो भूमिबाट सडक विस्तार गरेको भन्दै नेपालले व्यापक विरोध जनाएको थियो । नाबी गाउँका ग्राम प्रधान सनम नबियालको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘नाबी, गुन्जी, कुटीका नागरिकहरु भारतीय हुन् । उक्त क्षेत्र भारतीय भूमि हो । नेपालले उक्त क्षेत्रमा जनगणना गर्ने कुनै अधिकार छैन् ।’-Photo Source: Times of India

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क