इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालले यूएईलाई हरायो

काठमाडौं | महिला एसिया कपको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि शानदार विजय हासिल गरेको छ। नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रनको उत्कृष्ट पारी खेलिन्। रुबिना क्षेत्रीले १० रनको योगदान दिइन्।

नेपाली टोलीको बलिङतर्फ कप्तान इन्दु बर्माले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरिन्। सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक-एक विकेट लिए।

यो जितसँगै नेपालले प्रतियोगितामा सकारात्मक सुरुवात गरेको छ। नेपालको अर्को खेल आइतबार पाकिस्तानविरुद्ध हुनेछ भने यूएईले पनि आइतबार नै भारतसँग खेल्नेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क