इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाली कांग्रेसले ‘भिजन १०’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि जनतामाझ आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार ‘भिजन १०’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेश सभापतिसहितका शीर्ष नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञापत्र सार्वजनिक भएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ‘भिजन १०’ का बुँदाबारे विस्तृत जानकारी गराएको छ । कांग्रेसले आगामी आमनिर्वाचनबाट बहुमतसहित लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार गठन गर्ने लक्ष्य लिएको जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधसहित तयार पारिएको प्रतिज्ञापत्रले नेपाललाई संसारकै उत्कृष्ट देशमध्ये एक बनाउने मार्गचित्र प्रस्तुत गरेको दाबी गरे । उनका अनुसार प्रतिज्ञापत्रका प्रत्येक बुँदामा स्पष्ट अर्थ, कार्ययोजना र कार्यान्वयनको आधार रहेको छ ।

“कांग्रेसले प्रस्तुत गरेको प्रतिज्ञापत्र केवल घोषणामात्र होइन, कार्यान्वयनका आधारमा पार्टी, नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन हुनुपर्छ भन्ने हाम्रो चाहना हो,” चालिसेले भने, “अमूक वा अर्मूत कारण देखाएर जिम्मेवारीबाट पन्छिने छैनौँ । प्रतिज्ञा पूरा गर्न कांग्रेस प्रतिबद्ध छ ।”

कांग्रेसले प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ का रूपमा सार–संक्षेप गरेको छ । पार्टीका अनुसार यसलाई ‘कांग्रेस २.०’ को जगका रूपमा व्याख्या गरिएको छ । पुनरुत्थानको सुरुआत गरेको कांग्रेसले जनताको अपेक्षा अनुसारको भविष्य साकार पार्ने संकल्प लिएको जनाएको छ ।

नेपाली कांग्रेसका १० भिजन:

१. सम्मानित भएर बाँच्न पाउने नेपाल २. सपना देख्न सक्ने नेपाल ३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल ४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल ५. ओखती र ओत दिने नेपाल ६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल ७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल ८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल ९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल १०. समुन्नतिमा लम्किने नेपाल

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क