इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल दही र चीउरामा पनि परनिर्भर

काठमाडौं । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सानागाउँको चीउराले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिर पनि निर्यात गर्ने परिस्थिति थियो । अहिले पनि सानागाउँको चीउरा निकै लोकप्रीय छ । तर, चीउराका लागि आवश्यक टाइचिनको धान उत्पादन निकै घटेको छ । हरिसिद्धि र सानागाउँको फाँट आधा भरिएको छ । गुठीको जग्गाबाहेकका जग्गामा घरहरु बनिसकेका छन् । धान उत्पादन घटेको छ । अहिले देशमा धान दिवस मनाइरहँदा चीउराको पनि निर्यात निकै बढेको खुलेको छ । चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँको चिउरा भित्रिएको खुलेको छ । धान आयात गरी चीउरा उत्तिकै उत्पादन गरी विक्री गरिएकाले चीउरामा देश परनिर्भर बन्न थालेको स्पष्ट देखिन्छ । चीउरा मात्र नभई दही पनि निर्यात हुन थालेको छ । स्पेन र बँगलादेशबाट समेत दही आयात भएको छ । चालु आर्थिक वर्षमा ३६ लाख रुपैयाँको दही आयात भइसकेको छ । देशमा धान, गहुँ, मकैं जस्ता अत्यावश्यक खाद्य सामाग्री आयात बढ्दै गएको छ । आन्तरिक उत्पादन घट्नु र बाह्य उत्पादन भित्रनुले विदेशी मुद्रा देशबाहिर जाने अवस्था बनेको छ । रोजगारीका अवसरहरु पनि घट्न थालेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क