इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले कारागारका कैदीलाई खसी दिए

संखुवासभा / संखुवासभा कारागारका कैदीलाई निर्माण ब्यावसायी संघले खसी उपहार दिएका छन् । १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएका हुन् । निर्माण ब्याबसायी संघका सल्लाहकार तथा पदाधिकारीहरु कारागार पुगी जेलर राजेन्द्र घिमिरेलाई खसी हस्तान्तरण गरेका थिए । चियापान तथा खसी हस्तान्तरण कार्यक्रममा निर्माण ब्यवसायी संघ संखुवासभाका सल्लाहकार संयोजक मिगुर शेर्पा, निवर्तमान अध्यक्ष कुलबहादुर श्रेष्ठ, कार्यसमिति अध्यक्ष सन्तोष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको निर्माण ब्याबसायी संघ संखुवासभाका अध्यक्ष सन्तोष राईले बताए । बर्सेनि निर्माण ब्याबसायी संघले कैदीहरुलाई खसी दिने गरेका छन् । खाँदबारी कारागारमा हाल ८ महिला र १२२ पुरुष गरि १३० जना कैदीबन्दीहरु रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क