इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल मंकिपक्सको उच्च जोखिममा

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । छिमेकी मुलुक भारतमा मंकिपक्सका कारण एक जनाको मृत्यु भएसँगै नेपाल उच्च जोखिममा रहेको मुलुकका रूपमा विश्व स्वास्थ्य संगठनले लिएको छ । नेपालमा मंकिपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड–१९ महामारी तथा मंकिपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लूएचओ नेपालका प्रमुख डा. राजेश सभाजीराव पाण्डवले मंकिपक्सलाई नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा हालसम्म मंकिपक्सको बिरामी भेटिएको छैन । तर उच्च जोखिमा नेपाल छ भन्ने कुरा नकार्न सकिन्न, त्यसैले जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौं । अहिले नेपालमै मंकिपक्सको परीक्षण हुन्छ । कोभिडको शुरुवातीमा जस्तो परीक्षणका लागि डब्ल्यूएचओसँग निर्भर हुनुपर्दैन ।’ डा. पाण्डवले आपतकालीन र प्रकोपको समयमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको भूमिका स्वास्थ्यकर्मीको जस्तै निकै नै महत्वपूर्ण हुने बताउनुभयो । डा. पाण्डवले डब्लूएचओले गत २३ जुलाईमा मंकिपक्सलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको र हाल नयाँ स्वरूपसहित विश्वभर दु्रत गतिमा फैलिरहेको एक प्रकोपको संज्ञा दिनुभयो । उहाँले भारतमा मंकिपक्सले एक जनाको मृत्यु भएको अवस्थामा नेपालले सावधानीमा जोड दिनुपर्छ भन्नुभयो । उहाँले नेपालमा पनि कोभिडको नयाँ र खतरनाक भेरियन्टहरू देखा परिरहेका बताउँदै ओमिक्रोन भेरियन्टका धेरै उप–स्वरूपहरू, विशेष गरी बीए ५ जस्तो एकदमै संक्रामक भेरियन्ट पुष्टि हुनुले स्वास्थ्य मापदण्डहरूको पालना गर्न छोड्ने बेला भएको छैन भन्नुभयो ।इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले मंकिपक्स आशंकामा अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् ४ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । डब्लूएचओले २ सय ५० वटा टेस्टकिट उपलब्ध गराइसकेको छ । तर, पनि नेपालमा कोभिड १९ र मंकिपक्सको अवस्था गम्भीर रहेको छ । त्यसैले सरकारले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मंकिपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको र त्यहाँका १६ जना डर्माटोलोजिस्टलाई विज्ञको रूपमा तालिम दिई खटाइएको जानकारी गराउनुभयो । यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क