इन्फो नेपाल — सञ्चारको सञ्जाल

पछिल्लो ६ महिनामा २८५ जनाले ज्यान गुमाए, ३३ बेपत्ता

काठमाडौं– विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना ९२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् । यसवर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ । बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, हिमपहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो । अघिल्लो वर्ष २०७८ को सोही अवधि ९वैशाख १ गतेदेखि असोज ३१ गते०मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए । गतवर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । पहिरोका घटनाबाट सबैभन्दा बढीको मृत्यु बितेको ६ महिनामा विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु पहिरोमा परी भएको छ । सो समयमा पहिरोका घटनामा परी ९५ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार यसवर्ष चट्याङ लागेर ८०, आगलागीमा परी २७, जनावरको आक्रमणमा परी २१, बाढीमा परी १९, सर्पको टोकाइबाट १८, हाई अल्टिच्युडका कारण ३, डुंगा दुर्घटनामा १, भारीवर्षाका कारण ८, हुरी बतासका कारण ९, हिमपहिरोमा परी २, वन डढेंलोमा परी १ र हिमपातका कारण १ जनाको मृत्यु भएको छ । आगलागीले गर्यो सबैभन्दा बढी आर्थिक क्षति बितेको ६ महिनामा विपद्का घटनामध्ये आगलागीले सबैभन्दा बढी आर्थिक क्षति गरेको छ । सो अवधिमा आगलागीका घटनाबाट ९५ करोड ३१ लाख ६७ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो ६ महिनामा पहिरोका घटनाले ८ करोड ८१ लाख २८ हजार ७०० रुपैयाँ, बाढीले १ करोड ४५ लाख ८८ हजार रुपैयाँ, वन डढेंलोले १ करोड २३ लाख ८५ हजार रुपैयाँ, भारीवर्षाले ३ करोड ८१ लाख ३० हजार ६७५ रुपैयाँ र हुरी बतासले २ करोड ५४ लाख ६१ हजार ८०० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क