इन्फो नेपाल — सञ्चारको सञ्जाल

पञ्चमी व्रतको दिन नुहाउँने क्रममा डुबेर एक बालिकाकाे मृत्यु, तीन जनाको उद्धार

काठमाडौं: तीज पर्वको पञ्चमी व्रत लिनका लागि बिहीबार सुनसरी बराहक्षेत्रको नहरमा नुहाउँन जाँदा एक जना बालिकाको मृत्यु भएको छ। बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादुर खड्काको १४ वर्षे छोरी सलिनाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका अनुसार बिहान ७.३० बजे नुहाउँदा डुबेर बेपत्ता भएकी सलिना दिउँसो मृत अवस्थामा भेटिएकी थिइन्। सलिना बेपत्ता भएलगत्तै खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका थिए। नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो। उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्षे शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। नुहाउँने क्रममा डुबेका बराहक्षेत्र वडा नं. ३ कै २३ सोनु खडका र १४ वर्षे इसा खड्काको अवस्था भने सामान्य रहेको छ। उनीहरु उपचारपछि घर फर्केका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गर्दा हिन्दु धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्छन्। जसका लागि नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाइको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने चलन छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क