इन्फो नेपाल — सञ्चारको सञ्जाल

पठनपाठन रोकेर विद्यालयमा मेयर कप संचालन गरेपछि..

सल्यान: जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा दोस्रो मेयर कप खेलकुद उद्घाटन कार्यक्रममा एमाले निकट युवा विद्यार्थीले नाराबाजी गरेका छन् । बालबालिकाको पठनपाठन प्रभावित हुने गरी प्रभाकर मावि बन्द गरेर खेलकुद संचालन गरेको र विद्यालयलाई खेलकुद मैदान बनाएको भन्दै विद्यार्थीले नाराबाजी गरेका हुन् । नाराबाजी चलिरहेको अवस्थामा केहीले हातपात गर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । झडप रोक्न उनीहरुलाई प्रहरीले हटाएको थियो । मेयर कप खेलकुद संचालनको पूर्वसन्ध्यामा विभिन्न माग राखेर नगरपालिकामा बुझाए पनि बेवास्ता गरेका कारण नाराबाजी गर्नु परेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष सन्तोष खत्रीले बताए । विद्यालय बन्द गरी खेलकुद संचालन गर्न नपाइने, विद्यालयलाई खेलकुद मैदानको रुपमा प्रयोग गर्न नपाइने, खेलकुद विकास समितिमार्फत खेल खेलाउनु पर्ने सबै वडाध्यक्ष कप सम्पन्न गरेरमात्र मेयर कप खेलकुद संचालन गर्नुपर्ने, रचनात्मक र अतिरिक्त क्रियाकलाप बढाउनु पर्ने आफूहरुको माग रहेको उनले जनाए । बिहीबारदेखि संचालित मेयर कप उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्माले गरेका थिए । मेयर कपमा बन्गाड कुपिण्डे नगरपालिकाका एक दर्जन विद्यालयका विद्यार्थी सहभागी थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क