इन्फो नेपाल — सञ्चारको सञ्जाल

पठनपाठन नभएको भन्दै विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरे

अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका–११ ढुङ्गेसेरामा रहेको धर्मोदय माविका विद्यार्थीहरूले पठनपाठन नभएको भन्दै तालाबन्दी गरेका छन् । लामो समय कोभिड १९ का कारण बन्द रहेको विद्यालयमा खुलेपछि पनि पठनपाठन नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् । विद्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएकाले पढाई नभएको विद्यार्थीको गुनासो छ । धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीले रिक्त दरबन्दीमा तत्काल शिक्षक पदपूर्तिको माग राख्दै विद्यालय बन्द गराएको स्थानीय बोमबहादुर विकले जानकारी दिए ।विद्यार्थीले पटक–पटक विद्यालयमा शिक्षकको माग र पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ । शिक्षक नियुक्तिका लागी नगरपालिका हुँदै शिक्षा विकास समन्वय समिति अर्घाखाँचीमा करारमा शिक्षक नियुक्तिका लागी समर्थन गरी विज्ञापन गरी सकेको छ । विद्यालय प्रशासनले शिक्षक छनौट परीक्षा सञ्चालनका लागि शितगंगा नगरपालिकाको शिक्षा शाखामा पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको विद्यालयका प्रअ इन्द्रबहादुर रजालीले गुनासो गरे । शितगंगा नगरपालिकाले गत असारमा शिक्षकको लागि आवेदन माग गरे पनि अहिलेसम्म परीक्षा नगराएकोले शिक्षकको अपुग भएको प्रअ रजालीले बताए । दुई वटा पद विद्यालयमा रिक्त रहेको भए पनि एउटामा विज्ञापन गरेको अर्को शिक्षक सरुवा गरेर ल्याउने भन्दै विद्यालयले नै रोकेको शितगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र नेपालले बताए । विद्यालयमा तिहारसम्ममा वैकल्पिक माध्यमबाट अध्ययन गराउन भनेको र अब सबैभन्दा पहिला उक्त विद्यालयमा परीक्षा गराउने शिक्षा अधिकृत नेपालले बताए । निमावि मात्र सञ्चालन भएको विद्यालयमा केही वर्षअघि स्थानीयहरूको पहलमै मावि सञ्चालन गरे पनि शिक्षकको कमी हुँदा पठनपाठन प्रभावित भएको छ । मावि सञ्चालन भए पनि विद्यालयमा अधिकांश शिक्षकहरू आधारभूत तहका मात्र रहेका छन् । यता नगरपालिकाको शिक्षा विभागसमेत हेर्ने सामाजिक विकास शाखा संयोजक पवित्रा थापाले पटक(पटक नगरपालिकामा परीक्षा गराउन दबाब दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् । नगरपालिका भरिनै उक्त समस्या रहेको थापाले बताइन् । शिक्षा शाखामा कुरा राख्दा नगरपालिकाबाट रोकिएको बताउने नगर प्रमुख, उपप्रमुखले शिक्षा शाखाले नगरेको बताउने गरेको थापाले बताइन् ।केही महिनाअघि विज्ञापन गरेका करिब १५ विद्यालयमा शिक्षकको परीक्षा नगराउँदा विद्यालयमा शिक्षकको कमी भएको छ । शितगंगा नगरपालिकामा प्रारम्भिक बालविकास केन्द्रसमेत १०७ वटा रहेका छन् । प्रत्येक केन्द्रमा एक जना सहजकर्ता नगरपालिकाले व्यवस्था गरेको छ । जसबाट १३४० जना बालबालिका लाभान्वित भएको नगरले जनाएको छ । शितगंगा नगरपालिकामा १०९ सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालय रहेका छन् । विद्यालयमा शिक्षकको कमी हुने गरेको छ प्राथमिक तहमा ३४०, निमावितर्फ ५७, मावितर्फ ४१, उच्च मावितर्फ ४ जना र बालविकासतर्फ १०७, विद्यालय सहयोगी १०८ र विद्यालय सहायक १२ गरी ६७९ जना विद्यालयमा जनशक्ति रहेको छ । शितगंगा नगरपालिकामा ५४७८ छात्रा र ५६९० छात्र हाल अध्ययनरत छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क