इन्फो नेपाल — सञ्चारको सञ्जाल

पत्रकारहरु बिक्रीमा छन् : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेको बताईएको छ । ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन्’ घिमिरेले अगाडि भनेका छन्, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ पत्रकारहरुकै बीचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले रोकि राख्नुपर्दैन ।’ आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले पत्रकारहरुसित आग्रह पनि गरेको बताईएको छ । ‘यो (आफ्नो गम्भीर आरोप) भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि ।’ उनले भने । ठूला मिडिया हाउसहरुले प्रभावित पारेको, थर्काएर, किनेर अनेक ढंगबाट प्रभावित गरेको उनको आरोप छ । यसको प्रभाव समाजमा परेको उनको भनाइ छ । यस्तो कार्यबाट मुक्त भएर सरकार र पत्रकारहरुबीचको कसरी सम्बन्ध राम्रो बनाएर लाने भनेर सोच्नुपर्ने उनको आग्रह गरेको स्रोतले जनाएको छ । ऐन ल्याउँदा र त्यसको कार्यान्वयन गर्दा, विनियमहरु बनाउँदासमेत पत्रकार र सरकारका बीचमा सम्बन्ध राम्रो हुनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क