इन्फो नेपाल — सञ्चारको सञ्जाल

पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफू सधैं प्रहारको शिकार बन्ने गरेको प्रचण्डको भनाई

काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफू सधैं प्रहारको शिकार बन्ने गरेको बताएका छन् । आफु राजनीतिक परिवर्तनको बाहक हुँदाहुँदै पनि घेरा हाल्ने र प्रहार गर्ने काम नरोकिएको उनले  बताएका छन । शुक्रवार रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रचण्डले पत्रकारितामा ऋषि धमला र राजनीतिमा आफ्ना अनुभवमा समानता रहेको बताएका हुन् । ‘युद्ध, शान्ति, सरकार र प्रतिपक्षको सबै अनुभवमा मैले गाली र प्रशंसा पाएको छु । पत्रकारितामा ऋषिले धेरै गाली, आलोचना, प्रशंसा पाउनुभएको छ, अहिले पनि उहाँलाई छाडेका छैनन्,’ प्रचण्डले भने, ‘परिवर्तनको बाहक हुँदाहुँदै मलाई पनि घेरा हाल्ने कुरा रोकिएको छैन । पत्रकारितामा ऋषि र राजनीतिमा मेरा अनुभवका लागि समानता छन् ।’ प्रचण्डले मन्त्रिपरिषद् विस्तार भएसँगै अब सरकारको कामले गति लिने विश्वास व्यक्त गरे । ‘सय दिन पुग्दानपुग्दै नयाँ समीकरण बनेको छ । सरकारलाई पूर्णता दिने काम गरेको छु । अब सरकारले गति लिनुपर्छ भन्ने प्रतिबद्धता र संकल्प छ,’ प्रचण्डले भने ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क