इन्फो नेपाल — सञ्चारको सञ्जाल

पदभार गरे लगत्तै ओलीको निशानामा परे यि नेता, संसद पनि चल्न नदिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्कासन गरेका सांसदहरुलाई राखेर संसद अघि बढाइएमा संसद चल्न नदिने पूरानै अडान दोहोर्याएका छन् । एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले शुक्रबार पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै कारवाही गरिएका सांसदहरुलाई राखेर संसद अघि बढेमा आगामी मंसिर २८ गते बोलाइएको संसद अधिवेशन चल्न नदिने बताए । उनले भने, ‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला । हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन ।’ माधव नेपालसहित १० सांसदहरुलाई पार्टीले कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरिए पनि सभामुखले उक्त कारबाहीबारे कुनै कदम नचालेपछि एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । र, राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन् । तर, अध्यक्ष ओलीले कारबाही गरिएकाहरुको सन्दर्भमा निर्णय भएपछि मात्र संसद अघि बढ्ने जिकिर गरे । अध्यक्ष ओलीले अहिले गठबन्धनले देश र सरकारल नचल्ले बताउँदै ताजा जनादेशमै जानुपर्ने पनि बताएका छन् । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ ओलीले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क