इन्फो नेपाल — सञ्चारको सञ्जाल

'परिवर्तन एक अभियान'ले माया घर इटहरीका १४२ जनालाई खुवायो खाना

इटहरी: 'परिवर्तन एक अभियान'ले माया घर नेपाल इटहरीका १४२ जना असहाय नागरिकलाई खाना खुवाएका छन् । इटहरी २ मा रहेको माया घरमा रहेका परिवार विहीन तथा परिवारबाट पृथक् रहेका १४२ जना वृद्ध, बालबालिका तथा युवा,युवती लाई आज बिहानको १ छाक खाना वितरण गरिएकोअभियानका प्रचार विभाग प्रमुख सुबास घिमिरेले जानकारी दिए । इटहरी उप-महानगरपालिका वडा नं ७ मा रहेका युवा तथा बौद्धिक वर्गद्वारा समाजमा सकारात्मक परिवर्तनका लागि स्थापित संस्थाले सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक कार्य, सचेतनामूलक कार्यक्रम, विपन्नवर्गका नागरिकहरूलाई सहयोग पुर्याउने कार्यक्रम गर्दै आएको अभियानका अध्यक्ष तेज प्रसाद घिमिरेले बताए । समाजप्रतिको आफ्नो दायित्व पुरा गरेकोमा खुसी व्यक्त गर्दै जनप्रतिनिधि दीपक घिमिरेले अभियान संस्थासँग वडा कार्यालयबाट पनि विभिन्न कार्यक्रम सहकार्य गर्न सकिने बताए । उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ७ का जनप्रतिनिधि दीपक घिमिरे, नेत्र गुरागाईं साथै, आयोजक संस्थाका सह-सचिव इन्दिरा गिरि, सल्लाहकार संयोजक बसन्त पोख्रेल, प्रचार विभाग प्रमुख सुबास घिमिरेलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क