इन्फो नेपाल — सञ्चारको सञ्जाल

पर्यटन मन्त्री आलेलाई कोभिड संक्रमण

काठमाडौ । दिनहुँ अनुगमनमा निस्कने गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि संक्रमित भएका छन् । उनलाई कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्री आले दिनहुँ सार्वजनिक कार्यक्रममा सक्रिय भएका छन् । आइतवार मात्र उनी वतास समुहले म्यानेज गरेको पशुपतिनाथ मन्दिर क्षेत्रमा संचालित धर्मशाला निरिक्षणमा गएका थिए । उनलाई कोभिड संक्रमण भएको उनको सचिवालयले पुष्टि गरेको छ । सोमवार जानकारी दिँदै मन्त्री आलेको सचिवालयले उनलाई कोरोना संक्रमण भएको जनाएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ । यो पनि, मुलुकमा सँक्रमण बढेपछि सरकारले फेरी सिनेमा हल बन्द गरेको छ । कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि सिनेमा हल पुन बन्द गर्नु परेको सरकारले जनाएको छ । आईतबारबाटै सरकारले दोहोरी साँझ, नाईट क्लब, पब पनि बन्द गरेको छ । अहिलेलाई १५ माघसम्म मुलुकका सिनेमा हल बन्द गरिएको हो । सिसिएमसीको सिफारिस बमोजिम आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबारबाट १५ माघसम्म मुलुकका सिनेमा हलहरु सञ्चालन गर्न नपाउने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई गराए । गत बैशाखबाट दोश्रो चरणको कोभिडका कारण बन्द भएको मुलुकका सिनेमा हल गएको तिहारबाट खुलेको थियो । तर यतीबेला फेरी तेश्रो लहरको कोभिड महामारी बढेपछि सिनेमा हल बन्द गर्नु परेको सञ्चार मन्त्री कार्कीको भनाई छ । कोभिड कालमा यो सहित नेपालमा तीन पटक सिनेमा हलहरु बन्द भएका छन् । यस अघि २०७६ चैतबाट २०७७ पुषसम्म पहिलो चरणको सिनेमा हल बन्द भएको थियो । यसरी पहिलो लहरको कोभिड सँक्रमणको समय मुलुकका सिनेमा हल ९ महिना बन्द भएका थिए । २०७७ पुषबाट हल सञ्चालकहरुले नै ज ब र जस्ती खोलेपछि सिनेका हललाई सञ्चालनको अनुमति सरकारले त्यतिबेला दिएको थियो । तर मुलुकमा फेरी कोरोनाको दोश्रो लहर गत बैशाखमा आयो । बैशाखको दोश्रो साताबाट गत असोजको दोश्रो सातासम्म मुलुकका सिनेमा हलहरु बन्द भए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क