इन्फो नेपाल — सञ्चारको सञ्जाल

पर्सामा चिसोबाट प्रभावित बिरामीको सङ्ख्या बढ्दै

पर्सा - विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो । चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यानो पार्ने प्रयासमा लागेको देखिन्छन् । बिहानको समयमा लाग्ने हुस्सुका कारण बाटो देख्न समेत समस्या भएपछि यातायातका साधान सञ्चालनमा कठिनाइ हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले जानकारी दिए । उनले सामान्य अवस्थामा ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सय ६० जनाभन्दा बढी चिसोबाट प्रभावित बिरामी आउने गरेको बताए । अस्पताल आउनेमा सबैभन्दा बढी रुघाखोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका बिरामी बढी आउने गरेको डा.सिंहले जानकारी दिए । बढ्दो चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरको चौक चौराहालगायतका सार्वजनिक स्थानमा आगोको प्रबन्ध गर्न दाउरा र कम्बल वितरण गर्ने निर्णय गरेको उपप्रमुख इतियाज आलमले जानकारी दिए । उनले आजै महानगरपालिकाको कार्यालयमा सम्बन्धित सबै पक्षका अधिकारीहरूलाई बोलाई नगरका चौकचौराहामा आगोको व्यवस्था गर्न आवश्यक दाउरा र आवश्यकताका आधारमा कम्बल वितरण गर्ने निर्णय गरिएको बताए । बढ्दो चिसोबाट जोगिन विना काम घरबाहिर नहिँड्न र हिँड्नैपर्ने भए न्यानो लुगा लगाई मात्र हिँड्न चिकित्सकले सुझाव दिएका छन् । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क