इन्फो नेपाल — सञ्चारको सञ्जाल

पल प्रकरणमा दुर्गेश र सरोजले दिए यस्तो बयान

काठमाडौं | अभिनेता पल शाहविरुद्ध नाबालिग ब'ला'त्कारको जाहेरी परेसँगै जोडिएर आएका नामहरू हुन्, दुर्गेश थापा र सरोज वली । पलले सरेन्डर गर्नु पूर्व सार्वजनिक गरेको अडियोमा यी दुई जनाले आफूविरुद्ध ष'ड्यन्त्र गरेको आरोप लगाएका थिए । त्यसयता पलका फ्यानले यी नामहरूलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिइरहेका छन् । सामाजिक सञ्जालमा चर्काे आलोचना र साइवर बु'लिङ्गको शिकार भएका दुर्गेश र सरोजले आफ्नो बयान दिइसकेका छन् । नाबालिग ब'ला'त्कारका अ'भियुक्त पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार दर्ता भएको अभियोग पत्रमा १२ देखि १४ वर्ष सजायको माग गरिएको छ । जाहेरी अनुसार क'रणी भएको स्थापित भएको दाबी गर्दै सजायको मागदाबी गरिएको हो । घट'नास्'थलको मुचुल्का, पीडितसहित अन्यको बयान, पीडितको शा'रीरिक परीक्षण प्रतिवेदन, अडियो रेकर्ड र प्रतिवादी शाहको बयानका आधारमा भिडियो सुटिङका क्रममा शाहले १५ वर्ष ८ महिनाकी नाबालिकालाई विवाह गर्छु भन्दै फकाएर पीडितको इच्छाविपरीत प'टक–प'टक क'रणी गरेको स्थापित हुन आएको अभियोग पत्रको अभियोग खण्डमा उल्लेख छ । अभियोग पत्रसँगै घटनासँग जोडिएकाहरूको बयानको महत्वपूर्ण बुँदा सङ्कलन गरिने क्रममा शाहको हकमा पनि १६ पानाको अभियोग पत्रमा पीडित र अभियुक्तको बयान, जाहेरी अगाडि नै घटनाबारे जानकारसँगको बयान र प्राप्त प्रमाणहरू राखिएका छन् । नवलपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सरोज र दुर्गेशको बयान पनि समेटिएको छ । उक्त बयानमा उनीहरूले ज'बरज'स्ती क'रणी र आर्थिक बा'र्गेनिङलगायतका विषयमा जानकारी नरहेको बताएका छन् । दुर्गेशले बयानमा कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५ (क) सँग चिनजान भएको बताएका छन् । ‘म काठमाडौँबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडितसमेतको सुटिङ्ग युनिट बेलुका गैँडाकोट रिसोर्टमा आई दिनभरि सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो ।’ दुर्गेशले बयानमा भनेका छन् । उनले पीडित आफूले बुकिङ गरेको कोठामा सुत्न गएकी र काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाहसमेतका व्यक्तिहरू मा'दक प'दार्थ सेवन गरी वाहिर बसिरहेको बयानमा बताएका छन् । निजहरू कुन कोठामा सुते मलाई थाहा भएन । अर्काे दिन ८ गते बिहान म काम विशेषले काठमाडौँ गएको हो’ दुर्गेशले भनेका छन् । आफूलाई पलका म्यानेजर बताउने कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको बारेमा जानकारी गराएको उनको भनाइ छ । पीडितले पनि जबर'ज'स्ती कर'णी गरेको भनि बताएको हुँदा आफूलगायत सम्राट चौलागाईं, सरोज वली, योगेश काजीलगायतले कानुनी कारबाहीको सुझाव दिएको दुर्गेशले बताएका छन् । ‘अन्य आर्थिक कुराको बा'र्गेनिङका बारेमा मलाई केही जानकारी भएन,’ उनले बयान दिएका छन् । सरोज ओलीले पनि प्रतिवादी तथा पीडितको सम्बन्धको विषयमा आफूलाई पलका म्यानेजर कृष्ण जोशीले नै बताएको बयानमा जानकारी दिएका छन् । ‘पीडित नाबालिका डि'प्रेसनमा गएको र मर्छ भनेर कृष्ण जोशीले मलाई २०७८ सालको असारमा बताएका थिए,’ सरोजले भनेका छन् । पीडितले पनि आफूहरूसँग प्रतिवादीले यौ'न शो'षण र ह्या'रेस'मेन्ट गरेको बताएको सरोजले जानकारी दिएका छन् । आफूहरूले कानुनी कारबाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको सरोजले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क