इन्फो नेपाल — सञ्चारको सञ्जाल

पल शाहलाई १४ र उनका म्यानेजर जोशीलाई ७ बर्ष जेल सजाएको मागदावी गर्दै अदालतमा मुद्दा दर्ता

काठमाडौ : एक नाबालिगलाई कर णी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमवार तनहुँ जिल्ला प्रहरी कार्यालयले २१ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो । प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मंगलवार दिउँसो अदालतमा मुद्धा दर्ता गरेको हो । प्रहरीको अनुसन्धानमा नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले शाहलाई १२ देखि १४ वर्ष कैद सजाय र कानुन बमोजिम मनासिब क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्धा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । यो घटनामा मतियारको भूमिका खेलेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि आधा सजायको माग दाबी गरिएको जानकारी प्राप्त छ । शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा कर णीको मुद्धा दर्ता गरिसकेको छ । नाबालिग गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालय र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा पल शाहविरु’द्ध कर णीको आरोपमा जोहरी दिएकी थिइन् । ती नाबालिगले तनहुँमा जाहेरी दिएको चार दिनपछि शाहले आ’त्मसमर्पण गरेका थिए । तनहुँमा अनुसन्धान भइरहेको समयमा पललाई नवलपरासीको गैँडाकोट प्रहरी कार्यालय पनि लगिएको थियो । त्यहाँ उनीमाथि प्रहरीले एक हप्तासम्म अनुसन्धान गरेको थियो । तनहुँ जिल्ला अदालतले पहिलो पटक ७ दिन, दोस्रो पटक १२ दिन र तेस्रो पटक ५ दिन म्याद थप गरी तनहुँ प्रहरीलाई शाहमाथि अनुसन्धान गर्न अनुमति दिएको थियो । अब अदालतमा थुनछेक बहस हुनेछ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क