इन्फो नेपाल — सञ्चारको सञ्जाल

पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश

काठमाडौं । किशोरी (गायिका)लाई जबरजस्ती क रणी गरेको आरोपमा पक्राउ परेका मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । विहीबार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । किशोरी गायिकाले दिएकी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभिनेता शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । प्रतिवादी पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना कानून व्यवसायीले बहस गरेका थिए । त्यस्तै पीडित गायिका (जाहेरवाला)को तर्फबाट ७ जना कानून व्यवसायीले बहस गरेका थिए । त्यसोत, उही पीडित गायिकाले अभिनेता शाहविरुद्ध पूर्वीनवलपरासीमा पनि जबरजस्ती करणीको जाहेरी दिएकी छन् । त्यहाँको जिल्ला अदालतमा पनि अभिनेता शाहविरुद्ध अभियोग पत्र दर्ता भइसकेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क