इन्फो नेपाल — सञ्चारको सञ्जाल

पशुपतिमा बला'त्कार आरोपी ”सिद्धबाबा"को पुराणमा भीआईपी

काठमाडौं: सिद्धबाबा भनेर चिनिने बला'त्कार मुद्दाका अभियुक्त कृष्णबहादुर गिरीले काठमाडौँको पशुपतिनाथ क्षेत्रभित्र नौ दिने महायज्ञको आयोजना गरेर हाइहाई भइरहेका छन् भने यता सुनसरी जिल्ला अदालतमा गिरीको बला'त्कार मुद्दा विचाराधीन नै छ । साउन महिनाभरि हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको आराधना गर्ने भएकाले तिनै भक्तजनहरु भेला हुने पशुपतिनाथ क्षेत्रमा कृष्णदासको महायज्ञ चलिरहेको छ । अघिल्लो महिना मात्र विराटनगरको उच्च अदालतले बलात्कारका अभियुक्त सिद्धबाबाको फैसला न्यायपूर्ण नभएकाले सुरु अदालत सुनसरी जिल्ला अदालतबाटै हुनुपर्ने ठहर गरी मुद्दा जिल्लामै पठाइदिएपछि गिरी हिरासतबाहिर आएका थिए । तर, यतिबेला उनी आफ्नै मुद्दामा चिन्तित हुनुपर्नेमा आफ्नै अनुयायीमाथि बला'त्कार गरेको आरोप लागेका गिरीको महायज्ञमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, महान्यायाधिवक्ता खम्बबहादुर खाति, श्रममन्त्री शेरबहादुर कुँवर लगायतक सुरक्षा निकायका विशिष्ट श्रेणीका व्यक्तिहरु सिद्धबाबाकै चरणमा लम्पसार हुन पुगेका छन् । अनिरुद्र महायज्ञ नाम दिइएको यो यज्ञ ९ दिनसम्म चल्ने बताइएको छ । बलात्कारको आरोपमा प्रारम्भिक सुनुवाइ भएको सुनसरी जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका गिरी उच्च अदालतले उक्त फैसला बदर गरिदिएपछि हिरासतमा थिए । पछि फेरि गत जेठ ३ गते भएको उच्च अदालत विराटनगरको फैसलापछि अदालतले सुनसरी जिल्ला अदालततिरै मुद्दा फिर्ता पठाइदिएपछि उनी कारागारमा नभई बाहिरै बसेर मुद्दा लडिरहेका छन् । उच्च अदालत विराटनगरले गिरीको मुद्दामा २०७७ मंसिर २२ गते सुनसरी जिल्ला अदालतले गरेको फैसला फौजदारी कार्यविधि संहिताविपरीत रहेको भन्दै बदर गरिदिएको थियो । पीडितलाई म्यासेज गर्न प्रयोग गरिएको मोबाइल नम्बर सिद्धबाबाको नाममा नभई अर्कै व्यक्तिको नाममा दर्ता भएकोले उक्त मोबाइल धनी लक्ष्मीप्रसाद रिजालसँगको बकपत्रसमेत लिन भन्दै उच्च अदालतले सिद्धवावालाई तारेखमा छोड्नेगरी मुद्दाको मिसिल सुनसरी जिल्ला अदालततर्फ पठाएको हो । बला'त्कारका अभियुक्तलाई सरकारले यति ठूलो स्थान दिएर महायज्ञ सञ्चालन गर्न दिनु बलात्कारीको संरक्षण भएको महिला अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । बला'त्कारका अभियुक्तजस्ता व्यक्तिले लगाएको महायज्ञमा हाइहाई गर्दै देशका मन्त्री तथा कानूनका संरक्षकहरु जानु कानूनी राज्यको उपहास भएको महिला आधारशीला सुनसरीकी अध्यक्ष शुशीला उप्रेती बताउँछिन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क