इन्फो नेपाल — सञ्चारको सञ्जाल

पशुपतिमा लाखौंको भ्रष्टाचार डिल, सूचना पुग्यो पर्यटनमन्त्रीसम्म

काठमाडौं । पशुपतिनाथ मन्दिरको नियामक संस्था पशुपति क्षेत्र विकास कोषमा लाखौंको भ्रष्टाचार डिल भएको सूचना पर्यटनमन्त्री सुदन किरातीसम्म पुगेको छ । मंगलबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीसँगको ब्रिफिङका क्रममा मन्त्री किरातीले पशुपतिनाथमा भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सूचना पाएको खुलाएका हुन् । मन्त्री किरातीले कसले भ्रष्टाचारका लागि कसले डिल गरेको भन्ने नखुलाए पनि पशुपतिमा फूल बेच्ने, फोटो खिच्ने र सटर भाडामा लिनेहरुसँग भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको बताएका हुन् । मन्त्री किरातीले भने– ‘यो पवित्र पशुपतिमा अपवित्र कुरा सुनिन्छ । म यै हो त्यै हो भन्दिन । तर, एउटा कुरा चाहिँ मैले भन्नु पर्छ– यहाँका फूल बेच्नेले महँगो बेच्दा किन महँगो हुन्छ भन्दा मन्त्रीलाई पैसा बुझाउनु पर्छ, सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ आरे । एउटा सटर भाडामा लाउने कुरामा लाखौंको डिलिङ हुन्छ, खै यहाँका फोटो खिच्ने मान्छेहरू कहाँ गए आज ? प्रमाण पेस गर्नु नपरोस् । एक लाख हो ? दुई लाख हो ? पाँच लाख होर डिल ? २० लाख पनि होइन, लाखौं लाख । के सुन्नु परेको यो पशुपतिनाथमा मैले ?’ मन्त्री किरातीले मन्त्री र सचिवलाई पैसा बुझाउनु पर्छ भन्दै पशुपतिमा भ्रष्टाचार हुने गरेको भन्दै कुन चाहिँ मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्ने हो नाम दिनुस् भन्दै नाम समेत मागेका छन् । मन्त्रि किरातीले भने– ‘कुन चाहिँ मन्त्रीलाई बुझाउनु भयो ? कुन सचिवलाई दिनु भयो ? नाम दिनुस् पत्रकारहरूको अगाडि पढेर सुनाउँछु । भगवानमाथि भ्रष्टाचार गर्ने ? फूल व्यापारीसँग कसले पैसा उठाउँछ ? मन्त्रीलाई बुझाउनुपर्ने, सचिवलाई बुझाउनुपर्ने भनेर नाम किन लिइन्छ ? किन गरिन्छ बदनाम ? मन्त्री र सचिवलाई बुझाउनै पर्छ तपाईं ? पशुपतिनाथको माटोमा उभिएर दुधको दुध पानीको पानी तपाईंहरुले भन्नु पर्छ । मन्त्री किरातीले पशुपतिमा शव जलाउने क्रममा समेत शोषण हुने गरेको सुनेको बताएका छन् । सेवा दिनुको साटो शोकमा रहेकाहरुलाई शोसन हुने गरेको मन्त्री किरातीको भनाइ थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क