इन्फो नेपाल — सञ्चारको सञ्जाल

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा पहाडी भू-भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। विभागले सम्बन्धित क्षेत्रमा दैनिक जीवनयापनमा असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको पूर्वानुमानअनुसार देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानमा वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, भोलि शुक्रबार दिउँसो पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। साथै कर्णाली प्रदेशको केही स्थानमा र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। वर्षा र हिमपातले कृषि, पर्यटन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत दैनिक जीवनयापनमा केही असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क