इन्फो नेपाल — सञ्चारको सञ्जाल

पहिरोमा परी मकवानपुरमा एकजना प्रहरीको मृत्यु

मकवानपुर| पहिरोमा परी मकवानपुरमा एकजना प्रहरीको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो । उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृती बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते नेपालीको हेटौंडा अस्पतालमा उपचार गरी फर्कने क्रममा राति ११ बजेर २५ मिनेटको समयमा सुख्खा पहिरो खस्दा ढुङ्गाले लागि मोटारसाइकल चालक प्रहरी जवान सुनिल मेचे र पछाडी सवार नेपाली घाइते भएका थिए । उनी बिहीबार राति भैंसे चेकपोष्टमा डिउटीमा खटिएका नेपाली चिप्लिएर लडी सामान्य घाईते भएर उपचारपश्चात् चौकी फर्किदै थिए । घाइते नेपाली र मेचेलाई उपचारको लागि हेटाौडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा नेपालीको राति १२ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो । मोटरसाइकल चालक मेचेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क