इन्फो नेपाल — सञ्चारको सञ्जाल

पहिरोले घर पुर्दा पाँचथरमा आमा छोरीको निधन

पाँचथर | पाँचथरको फिदिम नगरपालिका ४ गडी स्थित चिसापानीमा घर माथिदेखि पहिरो खस्दा आमा छोरीको मृत्यु भएको छ ।

आदिवासी जनजाति महासङ्घको भवन स‘गै रहेको घरमा सुतिरहेका बखत खसेको पहिरोले पुर्दा फिदिम १२ की २४ वर्षीया सपना र उनकी ५ बर्षीया छोरी डोल्मा सेर्पाको घटनास्थलमै ज्यान गएको हो । उनीहरू फिदिम ४ मा डेरा बस्दै आएका थिए ।

साथीको घरमा सुत्न आएका बखत उनीहरूलाई पहिरोले पुरेको हो । त्यहाँ रहेका ३ जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहान साढे तीन बजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमा छोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ । पहिरोले आदिवासी जनजाति महासङ्घ पाँचथरको भवन पनि पुरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क