इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाँचथरमा एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरीको मृत्यु

सुनसरी / पाँचथरको कुम्मायक- २ मा समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण पाँचथरको कुम्मायक गाउँपालिका -२ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला) को बुधबार साँझ उनको ज्यान गएको हो । गत पुस २० गते स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ बजे सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । स्वास्थ्य चौकी माङ्जाबुङमा प्रसुति भइ सामान्य भएपछी स्वास्थ्य चौकी माङ्जाबुङबाट घर लैजान आफन्तहरु जम्मा भएका थिए तर एक्कासी बेहोस भएपछी आफन्तले जिल्ला अस्पताल लैजान एम्बुलेन्स खोजे पनि समयमै एम्बुलेन्स नभेटिएको र पर्याप्त समय नहुँदा अस्पताल पुर्‍याउन ढिलो भएको उनका आफन्तले बताएका छन् । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक पाँचथरका अन्य स्वास्थ्य संस्थामा प्रसूति सेवा उपलब्ध छैन । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क